संविधान कार्यान्वयनमा सबै दल एकजुट हुनुको विकल्प छैन : प्रधानमन्त्री दाहाल

काठमाण्डौँ, भदौ ११ – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनको चुनौती सामना गर्न सबैलाई तयार रहन आग्रह गरेका छन् । संविधान कार्यान्वयनको लागि सबै दल एकजुट हुनुको विकल्प नभएको भन्दै उनले यस्तो बताएका हुन् ।
pr
गोरखाबाट आएको बुढीगण्डकी आयोजना सरोकार समितिको प्रतिनिधिमण्डलसँग आज आफ्नै सरकारी निवास बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनमा एकजुट भएर लाग्नुपर्ने बताएका हुन् ।

उनले संविधान कार्यान्वयनका लागि आन्तरिक एकता सुदृढ गर्नु जरुरी रहेको भन्दै छिमेकी मुलकहरुसँग सन्तुलित सम्बन्ध कायम राख्नु पनि अहिलेको प्राथमिकता भएको बताए ।

भारत र चीनसँगको पारस्परिक सम्बन्ध आफ्नो कार्यकालमा अझ सुदुढ बनाउने उनको भनाइ थियो ।

प्रधानमन्त्रीसँगको भेटवार्तामा गोरखाबाट आएको बुढीगण्डकी आयोजना सरोकार समितिको प्रतिनिधिमण्डलले बुढीगण्डकी आयोजना राष्ट्रकै लागि गौरवको विषय भएको भन्दै निर्माण प्रकृयालाई अगाडि बढाउन आग्रह गरेको थियो ।

You Might Also Like