ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय महिला खेलाडीले हिराको हार पाउने

एजेन्सी, ११ भदौ – रियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने तीन भारतीय महिला खेलाडीलाई हिराको हार दिइने भएको छ।

भारतको एनएसी ज्वेलर्सले रियो ओलम्पिकमा शानदार प्रदर्शन गरेको सम्मान स्वरुप पिभी सिन्धु, साक्षी मलिक र दिपा कर्माकरलाई हिराको हार दिने घोषणा गरेको हो।

एनएसी ज्वेलर्सले ब्याटमिन्टन खेलाडी सिन्धुलाई रजत पदक जितेवापत् ९ लाख ६० हजार रुपैयाँ बराबरको, महिला फ्रिस्टाइल रेस्लिङमा कास्य जितेवापत् मलिकलाई ४ लाख ८० हजार रुपैयाँ बराबरको र जिम्न्यास्ट कर्माकरलाई उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मानस्वरुप १ लाख ६० हजार रुपैयाँ बराबरको हिराको हार दिने घोषणा गरेको हो।

मासिक राशिफल

You Might Also Like