शाहरुखका लागि जुत्ता बनाएका पाकिस्तानी फ्यान पक्राउ

काठमाडौँ, १२ भदौ : बलिउड किङ शाहरुख खानका फ्यान हजारौँ छन्। भारतमा मात्र नभई अन्य देशमा पनि उनलाई निकै माया गर्ने शुभचिन्तकहरु छन्।

तर उनको शुभचिन्तक भएकै कारण पाकिस्तानका एक युवक जेल जानुपरेको छ। शाहरुखलाई माया गरेर उपहार स्वरुप जुत्ता बनाईदिएका पाकिस्तानका जहागीर खान नाम गरेका व्यक्ति गिरफ्तारमा परेका हुन्। जंहागीर खानले हरिणको छालाबाट शाहरुखको लागि जुत्ता बनाएको भन्दै मिडियामा बोलेपछि उनी गिरफ्तार भएका हुन्। उनको पसलबाट पेशावरी जुत्ता र हरिणको छाला बरामद भएको छ।

शाहरुखकी बहिनी नुरले आफू पाकिस्तानबाट फर्किँदा उपहार स्वरुप दाइलाई पेशावरी जुत्ता लगिदिनको लागि भनेकी थिईन्। उक्त जुत्ता बनाउन एक महिना लागेको थियो।

साहरुखलाई पेशावर जुत्ता मन पर्ने थाहा पाएका उनका फ्यान जंहागीरले निकै मेहनत गरेर उत्त जुत्ता बनाएका थिए।

You Might Also Like