चर्चित गायक एवम् संगीतकार खेमराज गुरुङको अन्त्येष्टि आज

काठमाडौं, १२ भदौ – चर्चित गायक एवं संगीतकार खेमराज गुरुङको आइतबार अन्त्येष्टि गरिँदैछ।

कलेजोको समस्याका कारण गएको बिहीबार उनको निधन भएको थियो। पशुपतिमा अन्त्येष्टि गर्नु अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिको लागि प्रज्ञा भवन कमलादीमा राखिनेछ।

संखुवासभाको खाँदबारीमा जन्मिएका गुरुङले घुमफिर, ढाँक्रे, जीवनलगायत गीति एल्बम निकालेका थिए। उनको वारी जमुना पारी जमुना बोलको गीत निकै चर्चित छ।

Loading...
dupteswor

You Might Also Like