माग पूरा गर्ने कम्पनीको आश्वासनपछि मलेसियाका नेपाली कामदार काममा फर्किए

काठमाडौँ, १२ भदौ : कम्पनीले माग पूरा गर्ने आश्वासन दिएपछि मलेसियाको ए वान ग्लोभ कम्पनीमा कार्यरत मजदुरहरु काममा फर्किएका छन्।

Malaysia

कम्पनीका अन्य मजदुरहरुलाई भड्काएको आरोपमा तीन नेपालीसहित पाँच पाकिस्तानी मजदुरलाई प्रहरीले पक्राउ गरेपछि अन्य मजदुरहरु आन्दोलित बनेका थिए। सहमतिपछि मजदुरको होष्टलमा बिजुली पनि जोडिएको छ। मजदुरले ५ दिनदेखि होष्टलमा बिजुली प्रयोग गर्न पाएका थिएनन्।

पक्राउ पर्ने नेपाली मजदुरमा बुटवलका अनिल थापा क्षेत्री, प्युठानका भीम पुनमगर र बाराका रामकिशोर हरिजन रहेका छन्। उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरिएको थियो।

Loading...
dupteswor

You Might Also Like