संविधान संशोधन जनताको आँखामा छारो हाल्ने र भारतलाई खुशी पार्नका लागि मात्र : कमल थापा

भाद्र १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मधेसवादी दलको माग अनुसार संविधान संशोधनको प्रस्ताव ल्याइए त्यससँगै धर्म निरपेक्षताको अन्त्य र हिन्दू राष्ट्रको पुनर्स्थापना समबन्धि प्रस्ताव समेत ल्याउनुपर्ने बताएका छन्।

kamal-thapa

सप्तरी सदरमुकाम राजविराजमा बुधबार दिउँसो सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, ‘यदि मधेसवादी दलको माग सम्बोधन गर्ने भन्दै संविधान संसोधनको प्रस्ताव ल्याइन्छ भने त्यससँगै धर्म निरेक्षताको अन्त र हिन्दू राष्ट्रको पुनर्स्थापना समबन्धी संशोधन प्रस्ताव पनि सँगै लगिनुपर्छ।’

राजतन्त्र प्रति अझै पनि आफ्नो पूर्ण निष्ठा रहेको बताउँदै थापाले भने, ‘राजतन्त्र प्रति मेरो र राप्रपा नेपालको पूर्ण निष्ठा छ, तर राजतन्त्र पुनर्स्थापना गर्ने नगर्ने कुरा नेपाली जनतामा भर पर्छ ।’

उनले जनताको बृहत्तर हितमा ल्याउने प्रस्तावमाथि सधैं राप्रपा नेपालको समर्थन रहने बताए । यद्यपी अहिले मधेसवादी दलको माग अनुरुप ल्याउने भनिएको संविधान संशोधनको प्रस्ताव भने देखावटी कुरा मात्र भएको उनले बताए ।

You Might Also Like