बुद्ध एयरको विमान अवतरणको क्रममा स्यालसँग ठोकिएपछि

काठमाडौं, १८ भदौ । बुद्ध एयरको विमान शुक्रबार साँझ भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा ठूलो दुर्घटनाबाट जोगिएको छ । साँझ पौने ६ बजे अवतरण गर्ने क्रममा धावनमार्गमा स्यालसँग ठोकिएको सो जहाजलाई चालकले कुशलतापूर्वक अवतरण गराएको बुद्ध एयरले जनाएको छ ।

buddha
बुद्ध एयरको सो जहाज साँझ ५ बजेर १० मिनेटमा काठमाडौंबाट भैरहवाका लागि उडेको थियो । जहाजमा ४५ यात्रु थिए । चालक भगवान थापाले ५ बजेर ४५ मिनेट जाँदा विमानलाई अवतरण गराउँदै थिए । त्यहीबेला झाडीबाट निस्केको स्याल विमानमा ठोकिन पुगेको थियो । स्याल रनवेमै किचिएर मरेको बुद्ध एयरले जनाएको छ । विमानमा पनि कुनै क्षति नपुगेको बुद्ध एयरले जनाएको छ ।
सो घटनापछि एयरलाइन्सहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग विमानस्थल वरपरका झाडी सफा गर्न आग्रह गरेका छन् ।
राजधानी दैनिकबाट

You Might Also Like