तान्त्रिक विधिबाट लाभ पाउने भन्दै किशोरीको बली दिन खोज्ने थापा पोखराको लेकसाइडबाट पक्राउ

काठमाडौं, २४ भदौ : पन्ध्र वर्षकी एक किशोरीको बली दिने योजना बनाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले एक जनालाई पक्राउ गरेको छ।

सिआइबीले तनहुँका भोजबहादुर थापालाई पोखराको लेकसाइडबाट पक्राउ गरेको हो। भोजबहादुरसहित केही व्यक्तिले तान्त्रिक विधिद्वारा आर्थिक लाभ प्राप्त गर्न भन्दै बली दिनका लागि किशोरीलाई अपहरण गरेर नागर्जुनस्थित घरमा बन्धक बनाएको प्रहरीले जनाएको छ। अपहरणमा संलग्न अरु एक वर्षअघि नै पक्राउ परेका भएपनि भोजबहादुर फरार थिए। युवतीलाई बन्धक बनाइएको भोजबहादुरको घरबाट पुरातात्विक सामाग्रीहरु समेत बरामद भएको थियो। बन्धक बनाइएकी युवती भने भाग्न सफल भएको सिआईबीले जनाएको छ।

उनीहरुले तान्त्रिक विधिद्वारा हड्डी जगाई चमत्कार गरेर आर्थिक लाभ लिने योजनासहित किशोरीलाई सानो भर्‍याङ काठमाडौंबाट अपहरण गरी नागार्जुन लगेर एउटा घरमा बन्धक बनाएर राखेका थिए।भोजबहादुरलाई क्युरियो सामान संग्रह गरेको आरोप समेत लागेको छ।

निज भोज बहादुरसँगै थापा, तान्त्रिक भनीएका गुरु भन्ने कानु पहरी, ओमकार शाह, याम बहादुर रोक्का, छत्र बहादुर राई, हरि बहादुर पुन मगर, उदीम बहादुर पुन र भिम बहादुर भुजेल समेतले किशोरीको अपरण गरेको प्रहरीले जनाएको छ।

You Might Also Like