आरोप झुटो साबित भएपछि भारतले नेपाली अदुवामा लगाएको प्रतिबन्ध हटायो

भारतले नेपाली अदुवामा लगाएको प्रतिबन्ध शुक्रवारबाट हटाएको छ। कोलकातास्थित खाद्य प्रयोगशालाले नेपाली अदुवामा कुनै विषादी नमिसिएको प्रतिवेदन दिएपछि शुक्रबारबाट निकासी खुला गरिएको हो।

यसअघि भारतले नेपाली अदुवामा ‘एल्डिकार्ड’ नामक प्रतिबन्धित विषादी फेला परेको भन्दै ‘भारतीय बजारमा प्रवेश नदिन’ आफ्ना सबै भन्सार कार्यालयलाई परिपत्र गरेको थियो।

यही परिपत्रलाई देखाएर भारतले अदुवा आयातमा रोक लगाएको थियो। करिब दुई सातादेखि कुनै पनि भन्सार नाकाबाट अदुवा भारत छिर्न नपाएपछि नेपाली कृषकहरुले भारत सरकारको कदमको विरोध गरेका थिए।

नेपाली कृषक र व्यवसायीले विरोधपछि भारतीय पक्षले पुनः गुणस्तर परीक्षण गर्न करिब एक हजार किलो नमूना कोलकाता प्रयोगशाला लगेको थियो। त्यसैको रिपोर्टमा प्रतिबन्धित औषधि नभेटिएको भन्दै शुक्रबारबाट प्रतिबन्ध हटाइएको हो।

You Might Also Like