डिभोर्सको खबरसँगै चर्चित जोडी एन्जीलीना र ब्राड पिटको मुर्ति पनि अलग गरियो

काठमाडौँ, ७ असोज – हलिउडका चर्चित जोडी एन्जीलीना जोलि र ब्राड पिटको डिभोर्सको खबरसँग उनको अर्को समाचार पनि बाहिरीएको छ।

1609233102-10

सोमबार डिभोर्सको लागि एन्जीलिना जोलिले अदालतमा निबेदन दिए पछि त्यसको असर उनिहरुको जिबन र अरुले गर्ने ब्यबहारले पनि देखाउन थालेको छ। लण्डनको बिश्व प्रसिद्ध मेडम टुसाद म्युजियममा संगै राखीएको यो जोडीको मुर्तिलाई पनि अलग गरेर छुट्याइएको छ।

एन्जीलीना जोलिको मुर्तिलाई अष्ट्रेलियन एक्ट्रेस निकोल किडम्यानको मुर्तिँसँगै र ब्राड पिटको मुर्तिलाई मुर्गन फ्रिम्यानको मुर्तिसँगै राखीएको हो।

सन् २०१३ मा यि जोडिको मुर्ति म्युजियममा राखीएको थियो। म्युजियमले आधिकारीक वेभ साइट र ट्वीटर मार्फत यो जानकारी दिएको छ।

16092331gggg

Entertainment
  • No categories
Loading...

You Might Also Like