थाइ एयरवेजको जहाज त्रिभुवन विमानस्थलबाट दुई पटक ओभरसुट

काठमाडौंः शनिबार बिहानबाट भीषण वर्षा भएर मौसम बिग्रँदा त्रिभुवन विमानस्थलमा अवतरणका लागि आएको थाई एयरवेजको जहाज दुई पटक ओभर सुट गर्नु परेको छ।

थाइल्यान्डको राजधानी बैंककबाट बिहान १० बजेर ४२ मिनेटमा उडेको थाइ एयरवेजको बोइङ ७५७–टुडीसेभेन जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुनै लाग्दा ओभरसुट गरिएको हो।

विमानस्थलमा वर्षातसँगै कुहिरोले ढाकेपछि अवतरणका लागि आइसकेको अवस्थामा यो जहाज पहिलो पटक इमाडोल माथिको आकाशबाट पहिलो पटक ओभरसुट गरिएको थियो।

पहिलो पकट ओभरसुट भएपछि चक्कर लगाएर दोस्रो पटक अवतरणका लागि गरेको प्रयास पनि सफल हुन सकेन।

त्रिभुवन विमानस्थलस्थित नागरिक उड्ययन प्राधिकरण कार्यालयले जनाए अनुसार दोस्रो पटक विमानस्थल नजिकै आएको अवस्था ओभरसुट गरिएको हो।

थाइपछि आएको आएको नेपाल वायु सेवा निगमको बोइङ भने अवतरण गर्न सफल भएको थियो।

दोस्रो पटक ओभरसुट गरेर घुमेको जहाजा काठमाडौंको आकाशमा धेरै फन्को लगाएपछि त्रिभुवन विमानस्थलमा केहीबेरअघि अवतरण गरेको छ।

Entertainment
  • No categories

You Might Also Like