बाँदर आतंक विरुद्ध सर्वोच्चमा रिट !

काठमाण्डौँ, असोज १२ – बाँदरले खाद्यान्न बाली तरकारी बाली र फलफूल खेतीमा चर्को क्षति पुर्‍याउँदासमेत सरकार रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोच्च अदालत गुहारेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

bba
किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण पेस गर्न सोमबार आदेश दिएको छ।
बाँदर आतंकका कारण खेती बाँझै छाडेर सहर पस्नुपर्ने अवस्था आइपरेको भन्दै राष्ट्रिय कृषक समूह महासंघ कास्कीका तर्फबाट कृस्ती नाच्नेचौर निवासी ६० वर्षीय ठाकुरप्रसाद सुवेदीले रिट लिएर सर्वोच्च आएका हुन्।

You Might Also Like