लोकमानको घरमा पुगेर म्याद नटाँसी फर्कियो सर्वोच्चको टोली

काठमाडौँ, १९ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद सूचना टाँस्न गएको सर्वोच्च अदालतको टोली त्यसै फर्किएको छ।

कार्कीको नयाँ बानेश्वरस्थित घरमा अदालतलको विशेष टोली दिउँसो म्याद टाँस्न गएको थियो। आयोगमा कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि विभिन्न बहानामा विदेश गएको र म्याद बुझ्न अस्विकार गरेको भन्दै उनलाई सूचित गर्न घरमै गएर म्याद टाँस्ने निर्णय गरेको हो।

टाँस्ने क्रममा काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा सचिवको रहोबरमा मुचुल्का उठाउनु पर्ने थियो। सचिवको रहोबरमा म्याद टाँस गरेपछि उक्त म्याद कार्कीले नै बुझे सरह हुने थियो। तर वडा नम्बर १० की सचिव सरिता राई बिहान कार्यालयबाट हाजिर गरेर निस्केपछि सम्पर्कमा नै आइनन्।

Entertainment
  • No categories

You Might Also Like