नेपाल प्रहरीमाथि हमला गर्न खोज्दा इन्काउन्टरमा मारिए भारतीय अपराधी

काठमाडौँ, २४ असोज – नेपाल प्रहरीको इन्काउन्टरमा बीरगन्जमा आइतबार राति एकजना भारतीय अपराधी मारिएका छन्।

पर्सा प्रहरीका अनुसार बाटोमा चेकजाँचमा खटिएका प्रहरी टोलीमाथि फायरिङ गरेर भाग्न खोजेका व्यक्ति प्रहरीको कारवाहीमा मारिएको हो। प्रहरी स्रोतले मारिएका व्यक्ति केही महिना अगाडि भएको बीरगन्जका व्यापारी सुरेश केडियाको अपहरणमा संलग्न आरोपी सीमापारी समस्तीपुर घरभइ रक्सौल बस्दै आएका दिलसाद आलम हुन्।

पर्सा प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले घटनाको पुष्टी गरेपनि मृतकको पहिचान बारे केही बताएका छैनन्। बीरगन्ज उपमहानगरपालिका को वडा नम्बर १९ भिस्वा टोलमा सडकमा चेकिङमा रहेका प्रहरीमाथि रक्सौल तर्फबाट आएको मोटरसाईकलमा सवारले फायरिङ गरेर भाग्न खोजेपछि जवाफी कारवाही गरिएको एसपी श्रेष्ठले बताए।

मोटरसाइकलको पछाडि बसेकाले फायरिङ गरेको र उनीनै प्रहरी कारवाहीमा मारिएको उनले जानकारी दिए। मोटरसाइकल चालक भने भाग्न सफल भएका छन्। घटना राति करीब ८ बजेतिरको हो।

व्यापारिक कामका सिलसिलामा बाराको गढीमाई पुगेर फर्किदै गरेका बेला गत जेठ १३ गते साँझ व्यापारी केडिया कलैया नगरपालिकाको पसाहा पुलबाट अपहरणमा परेका थिए। नेपाल  र भारतका प्रहरीको विशेष सक्रियतामा केडिया सीमापारीबाट चार दिनपछि मुक्त भएका थिए। उक्त घटनामा आलम सहितको संलग्नता रहेको खुलेको थियो। कान्तिपुरबाट

Entertainment
  • No categories

You Might Also Like