त्रिशूलीमा यसरी खस्यो यात्रुबाहक बस (फोटो फिचर)

चितवन, ३ कात्तिक : नारायणगढ मुग्लिन सडक खण्डमा मंगलबार राति एक यात्रु बस सडकबाट तल त्रिशुली नदीमा खसेको छ।

aaa

काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको लु १ ख ७३९१ नम्बरको बस मंगलबार राति चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दाहाखानी-६ ऋग्दी खोला नजिकै नौ किलो भन्ने स्थानबाट त्रिशूली नदीमा खस्दा एक जनाको ज्यान गएको छ। ९ जना घाइते भएका छन् भने एकजना वेपत्ता रहेका छन्।

dsdsd

दुर्घटनामा परि बसका सहचालक रुपन्देही जिल्ला तिलोतमा नगरपालिका–२० का ३६ वर्षका जनक महतको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवालले जानकारी दिए। गाडीका चालक भने घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

gfg

दुर्घटनाग्रस्त गाडीबाट अन्य ९ जनाको जिवितै उद्धार गरिएको भेटवालले जानकारी दिए। उनीहरु सबैको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ। गाडीमा सवार ११ जना मध्ये राजु बिक भने अझै बेपत्ता छन्। बिकको खोजी भइरहेको प्रहरीले जनाएको छ। पानीमा गाडीको केही भाग मात्र देखिएको छ।

You Might Also Like