विराट हिन्दु सम्मेलनको बन्दशत्रभित्रै कुटाकुट

५ कात्तिक, काठमाडौं । विहीबारदेखि राजधानीमा सुरु भएको विराट हिन्दु सम्मेलनको बन्दशत्रभित्रै कुटाकुट भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन तथा सम्बोधन गरेको भोलिपल्टै राजावादीकै समूहभित्र ‘विद्रोह’ जन्मिएको हो ।

klll

राजधानीको कमलादीस्थित प्रज्ञाभवनमा जारी विराट हिन्दु सम्मेलनको बन्दसत्रमा शुक्रबार सहभागीहरुबीच कुटाकुट भएको हो । झडपसँगै भएको कुटाकुटमा एकजना राप्रपा नेपालका कार्यकर्ता घाइते भएका छन् ।

 

अहिले त्यहाँको स्थिति तनावग्रस्त छ । उल्लेख्य संख्यामा प्रहरी परिचालित गरिएको छ ।

 

एकजना व्यक्तिले ‘म पनि राजावादी हुँ, म कमल थापाको कार्यकर्ता हुँ भनेपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि कुटाकुट भएको प्रत्यक्षदर्शीले बताए ।

 

आक्रोशित समूहले बन्दसत्रमा पाहुनाका रुपमा उपस्थित भारतीय जनता पार्टीका नेता आदित्यनाथविरुद्ध समेत नाराबाजी गरेको छ ।

 

शनिबारसम्म चल्ने भनिएको हिन्दुवादीहरुको तीन दिने यो सम्मेलनले ज्ञानेन्द्रलाई सम्राट घोषणा गर्ने र नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने बताइएको थियो ।

You Might Also Like