व्यापारका लागि तीन बन्दरगाह खुल्ला गर्न चीनलाई नेपालको प्रस्ताव

काठमाडौं, ७ कात्तिक – नेपालले चीनसँग तेस्रो मुलुकसँग व्यापारका लागि तीन बन्दरगाह खुल्ला गरिदिन प्रस्ताव गरेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार तथा पारवहन सम्झौता भएको थियो। तर, सन्धि कार्यान्वयनमा आएको छैन। नेपालले कार्यान्वयनको मोडालिटीबारे छलफलका लागि संयुक्त बैठकको मिति प्रस्ताव गरेको छ।

स्रोतले बताएअनुसार छलफलका लागि नेपालले चीनसामू कात्तिक २१ देखि २३ मा बैठक बस्ने प्रस्ताव राखेको छ।

You Might Also Like