बजेट निकासा नहुँदा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि स्थगित

विराटनगर, १० कात्तिक – आउँदो मंसिर ८ गतेदेखि गर्ने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगित फेरि स्थगित हुने भएको छ।

विराटनगरसहित पूर्वका विभिन्न शहरमा गर्ने भनिएको सातौं राष्ट्रिय प्रतियोगिता फेरि स्थगित हुने भएको हो।

सरकारले उपब्ध गराएको बजेट आर्थिक निर्देशिका पारित नहुँदासम्म निकासा नहुने कारण देखाउँदै प्रतियोगिता स्थगित गर्न लागिएको हो । मंसिरको २० देखि २५ गतेसम्म प्रतियोगिता गर्नेगरी स्थगित गर्न लागिएको  राष्ट्रिय खेकुद परिषदका सदस्य सचिव केशव विष्ठले जानकारी दिए।

‘२५ गते बस्ने बोर्ड बैठकले अर्को मिति तय गर्नेछ। खेकुद प्रतियोगिताका लागि आउने बजेटको प्रक्रिया लामो भएको कारण समयमा नै आर्थिक निर्देशिका पारित हुन नसक्दा प्रतियोगिता नै स्थगित गर्नु परेको उनले बताए।

यसअघि पनि बजेट अभाव, मधेस आन्दोलन लगायतका कारण देखाउँदै प्रतियोगिता स्थगित भएको थियो।

Entertainment
  • No categories

You Might Also Like