संविधान संशोधन नभए कार्यान्वन पनि हुँदैन: अध्यक्ष महतो

इनरुवा, १३ कात्तिक । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान कार्यान्वयन गर्नका लागि संशोधन प्रस्ताव अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

rah

इनरुवामा आज आयोजित क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयन नभए अहिलेसम्म प्राप्त भएको सबै उपलब्धि गुम्ने खतरा बढेका कारण संविधान कार्यान्वयन गर्नका लागि संशोधन प्रस्ताव दर्ता गराउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष महतोले संविधान कार्यान्वयनका लागि सीमाङ्कनसहितको संशोधन आवश्यक रहेको बताउनुभयो । अहिलेको आवश्यकता र मधेसको माग संविधान संशोधन र मधेसमाथि गरिएको विभेद्को अन्त्य तथा सरकार गठन अगाडि भएको सम्झौताको कार्यान्वयन हुनुपर्ने तर्क समेत गर्नुभयो ।
उहाँले सीमाङ्कनको समस्या सामाधान नगरी राज्यको पुनःसंरचना तथा स्थानीय निकाय पुनःसंरचना गर्नुको कुनै अर्थ नहुने टिप्पणी गर्नुभयो । रासस

मासिक राशिफल

You Might Also Like