अब गाँजा खाएर सवारी हाँक्नेलाई पनि कारबाही

कात्र्तिक ३० – मादक पदार्थ सेवन गरेर मात्र होइन, गाँजालगायत लागुऔषध सेवन गरेर सवारी चलाउनेलाई पनि प्रहरीले कारबाही गर्न थालेको छ ।

gaja
मदिराभन्दा लागुऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको सम्भावना अझ बढी हुने भएकाले प्रहरीले उनीहरूलाई पनि कारबाही गर्न थालेको हो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

नगरकोट सडक क्षेत्रमा गाँजा सेवन गरेर सवारी चलाउनेको संख्या धेरै रहेको खुलेपछि प्रहरीले कारबाही गर्न थालेको हो । ‘धेरैले गाँजा सेवन गरेर सवारी चलाउने र दुर्घटनामा पर्ने गरेको देखियो,’ महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी प्रमुख एसपी किरण बज्राचार्यले भनिन्, ‘गाँजा खाएर सवारी चलाउनेलाई पनि हामीले पक्राउ गरी कारबाही गर्न थालेका छौँ ।’

काठमाडौं उपत्यकाका धेरै युवायुवती गाँजा तथा अन्य लागुऔषध सेवन गर्न नगरकोट पुग्ने गरेको खुलेको छ । लागुऔषधमा लट्ठिएर उनीहरू सवारीसाधन चलाएर फर्कने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

हाल एक दिन थुनेर अभिभावकलाई जिम्मा लगाइएको एसपी बज्राचार्यले बताइन् । लागुऔषध सेवनकर्तालाई लागुऔषध मुद्दामा छुट्टै कारबाहीसमेत हुन सक्छ । नगरकोट क्षेत्रमा जाने युवायुवतीमाथि प्रहरीले निगरानी बढाएको छ । नगरकोटका कतिपय होटेलकै कर्मचारीले गाँजा बिक्री गर्ने सूचना प्रहरीले पाएको छ ।
गत ११ असोजमा चाँगुनारायणमा भएको बस दुर्घटना चालकले गाँजा पदार्थ सेवन गरेकै कारण भएको खुलेको थियो ।

दुर्घटनामा एकको मृत्यु र २२ जना घाइते भएका थिए । सजिलो बाटोमा चालकको लापरबाहीका कारण बस दुर्घटना भएको थियो । बसचालक गाँजा दुव्र्यसनी भएको प्रहरीले जनाएको छ ।

मदिराभन्दा लागुऔषधको नशा कडा हुन्छ, जसका कारण सवारी चलाउँदा दुर्घटनामा पर्ने धेरै सम्भावना हुन्छ । तर, नेपालको कानुनअनुसार लागुऔषध सेवन गरी सवारी चलाउँदा जरिवाना हुने प्रावधान छैन । ‘लागुऔषध सेवन गरेर सवारी चलाएको कसरी थाहा पाउनु रु’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी लोकेन्द्र मल्ल भन्छन्, ‘लागुऔषध सेवन गरेर सवारी चलाउँदा जरिवाना र कारबाही गर्ने हाम्रो कानुनी प्रावधान पनि छैन ।’

You Might Also Like