एएफसी सोलिडारिटी कप : उपाधिका लागि नेपाल र मकाउ आज भिड्ने, इतिहास रच्ने नेपालको बलियो सम्भावना

काठमाडौं, ३० कात्तिक – मलेसियामा जारी पहिलो एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि आज फाइनल प्रतिस्पर्धा हुँदैछ । आजको खेलमा नेपालले मकाउसँग भिड्नेछ ।
bimal_1
खेल नेपाली समयअनुसार बेलुकी ५ बजेर १५ मिनेटमा कुचिङको सरावाक मैदानमा हुँदैछ।
नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै कुनैपनि एसियालीस्तरको प्रतियोगिताको पहिलोपटक फाइनलमा ठाउँ बनाएको हो। मकाउले पनि सेमिफाइनलमा पेनाल्टी सुटआउटमा ब्रुनाईलाई हराउँदै फाइनलमा ठाउँ बनाएको हो।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जापानी क्योतोकु कोजीले एएफसी सोलिडारिटी कपको पहिलो च्याम्पियन बन्न नेपाली टिम लालायित भएको बताएका छन् ।
टिम उच्च मनोबलमा रहेको र खेलाडीहरुमा केही साना समस्याबाहेक घाइतेको समस्यासमेत नरहेकाले उपाधि नेपालले नै जित्नेमा ढुक्क रहेको कोजीले बताए ।
मकाउका प्रशिक्षक टम आओ सानले प्रतियोगिताअघि आफूहरुको लक्ष्य सेमिफाइनलसम्ममात्र रहेकाले फाइनल नै ठूलो उपलब्धि भएको बताउँदै यसो भन्दैमा खेल नेपाललाई भने नसुम्पने स्पस्ट पारे।
नेपाल र मकाउले अहिलेसम्म आपसमा ५ खेल खेलेका छन्। जसमा नेपालले ३ खेलमा जित हासिल गर्दा एक खेलमा बराबरी गरेको छ भने एक खेलमा हार व्यहोरे को छ । नेपालले १५ गोल गर्दा ७ गोलमात्र खाएको छ।

You Might Also Like