पुल भाँचिएपछि डाइभर्सन तयार गरी यातायात सञ्चालन

नवलपरासी, २७ मङ्सिर । नवलपरासीमा आइतबार एकाबिहानै बौलाहा खोलाको पुलमा क्षति पुगेका कारण अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग आइतबार साँझदेखि सञ्चालनमा आएको छ ।

ना ६ ख ३०१७ नम्बरको ट्रकले पुलको पूर्वपट्टिको भागमा ठक्कर दिँदा बायाँपट्टिको भाग एक फिट तल लच्केकोले पुल माथिबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । यद्यपि अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्गमा डाइभर्सन तयार गरी यातायात सञ्चालन गरिएको हो ।

 
सो पुल भाँचिदा पूर्व पश्चिम राजमार्गमा आइतबार दिनभर यातायात सञ्चालनमा अवरोध हुँदै आएको थियो । रासस

Entertainment
  • No categories

You Might Also Like