निर्वाचनमा सुदृढ सुरक्षा व्यवस्था मिलाउन निर्देशन

prachanda-igp

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको सुदृढ एवम् भरपर्दो व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभएको छ ।

आफूलाई भेट्न प्रधानमन्त्री निवास आउनुभएका प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई शान्ति सुव्यवस्था कायम गर्न प्रहरी सङ्गठनलाई अझ चनाखो भई लाग्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन घोषणा भइसकेकाले त्यसमा केन्द्रित रहेर शान्ति सुरक्षा कायम गर्दै मौजुदा ऐन कानुनले सुम्पेको जिम्मेवारी इमानदार एवम् निष्पक्षताका साथ निर्वाह गर्न प्रधानमन्त्रीले प्रहरी प्रमुखलाई निर्देशन दिनुभयो । सरकारले सोमबार साँझ उहाँलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । रासस

You Might Also Like