नवराज सिलवालसहित ७ डिआइजीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडौं : नेपाल प्रहरीका ७ जना डिआइजीको सरुवा भएको छ। गृह मन्त्रालयको गत साउन ३२ गतेको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुमा भएका डिआइजीहरुमा नवराज सिलवाल, सुदीप आचार्य, केदारमान सिंह भण्डारी, समेश कुमार भट्टराई, गणेश केसी, मधु प्रसाद पुडासैनी र रोमेन्द्र सिंह देउवा रहेका छन्।

राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएका नवराज सिलवालले यसअघि आइजीपी बढुवामा दाबेदारी पेश गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए। उनको मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन रहेको छ भने सोहि कारण उनी यसअघि हुनुपर्ने एआइजी बढुवाको सिफारिसमा समेत परेका थिएनन्।

को कहाँ सरुवा भए हेर्न यहाँ क्लिक गर्नुहोस्

You Might Also Like