यी हुन् उत्तर कोरियाका अनौठा र रोचक १० तथ्य

मंगलबार उत्तर कोरियाले जापानी अाकाशमाथिबाट क्षेप्यास्त्र परीक्षण गरेसँगै अमेरिका, जापान लगायतका देशसँग उसको सम्बन्ध थप चिसिएको छ।

उत्तरले अमेरिकी द्वीप गुअाममा सैन्य अाक्रमणाको तयारी गरेकाे भन्दै चेतावनी सार्वजनीक गरेको छ भने अमेरिकाले उ विरूद्धका सवै ढोका खुला भएको बताएको छ ।

जसका कारणा उत्तर कोरिया र अमेरिकाबीचको तनाव जारी रहँदा कयौंले तेस्रो विश्वयुद्धका संकेतका रुपमा समेत लिइएको छ ।

उत्तर कोरियामा केही यस्ता अनौठा तथ्यहरु रहेका छन् जस बारे तपाई जानकार नहुन सक्नु हुन्छ ।

उत्तर कोरियामा जिन्सका कपडा लगाउन प्रतिवन्धित छ । त्यसमा पनि व्लू जिन्सलाई कोरियाले अमेरिकाको पहिचान भन्दै त्यसमा प्रतिवन्ध लगाएको छ ।

उत्तर कोरियामा कुनै पनि पोर्न फिल्म हेर्न मिल्दैन । यदी कसैले पोर्न फिल्म हेरेको पत्ता लागेका उसलाई फाँसी हुन्छ ।

उत्तर कोरियामा सैनिक र सरकारी अधिकारीलाई मात्र कार किन्ने छुट छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन हुन् किमले आफ्ना काकालाई यसकारण मारे की उनले गद्दारी गरेका थिए । किमले उनलाई भोकाएको कुकुरको पिजडामा हालेर मारेका थिए ।

उत्तर कोरियामा भिखारीको तस्वीर खिच्न प्रतिवन्ध लगाइएको छ ।

उत्तर कोरियाका महिलाले आफ्नो इच्छा अनुसार कपालको स्टाइल बनाउन पाउँदैनन् । सरकारले महिलाका लागि २८ प्रकारका हेयर स्टाइल तय गरेको छ जसमध्ये कुनै बनाउन सक्छन् ।

उत्तर कोरियामा रक्सी पिउनु पनि प्रतिवन्धित छ । एक पटक २०१३ मा उत्तरका एक सैनिक अधिकारीलाई रक्सी पिएको आरोपमा फासी दिइएको थियो ।

उत्तरमा सरकारी टीभी बाहेकका टीभि हेर्नु गैरकानुनी हो । केही समयअघि अन्य देशका टिभी हेरेको आरोपमा ८० जनामाथि कारबाही भएको थियो ।

उत्तर कोरियामा धार्मिक स्वतन्त्रता छैन । एक महिलालाई बाइबल सर्वसाधारणलाई बाढेको आरोपमा हत्या गरिएको थियो ।

You Might Also Like