हास्य सम्राट चार्ली च्यापलिन जसको शव समेत चोरी भयो

चार्लीको जन्म सन १८८९मा भएको थियो । कुनै बोली बिना नै सबैलाई हँसाउने खुबी भएका चार्ली हँसाएरै मानिसलाई रुवाउन सक्ने क्षमता राख्छन् ।

पाँच बर्षको उमेरमै पहिलो स्टेज शो
ब्ल्याक इन व्हाईट जमानामै हाँसोको रंग भर्ने चार्लीको शुरुवाती जीवन कष्टप्रद रहेको थियो । चार्लीका आमा हैना चैप्लिन र पिता चाल्र्स चैप्लिन सिनियर म्युजिक हलमा अभिनयका साथसाथै गाउने गर्थे ।

कमेडियनको साथसाथै चार्लीका एक संगीतकार पनि हुन् । चार्ली बच्चाबेला जब उनकी आमा स्टेजमा गीत गाइरहेकी थिइन् अचानका उनको आवाज बन्द भएको थियो । कार्यक्रम हेरिरहेका सबैलाई कराउन शुरु गरेका थिए । मेनेजरले पाँचबर्षका चार्लीलाई स्टेजमा पठाएका थिए र उनले पनि आमाकै गीत गाएका थिए । यसबाट त्यहाँ उपस्थित सबैजना खुशी भएका थिए ।

तानाशाहीको जवाफ हाँस्य मार्फत
चार्ली फिल्ममा धेरैजसो टैं्रप नामको भूमिका निभाउने गर्छन् । भनिन्छ यो भूमिका उनको विगतको जीवनसँग मिलेको छ जतिबेला उनी संघर्ष गर्दै थिए । युरोपमा चरम आर्थिकमन्दी भएको र तानाशाहीका शासन चलिरहेको बेला उनले हाँस्य मार्फत सबैको डर हटाउन मद्दत गरेका थिए ।

जब चार्लीको शव चोरी भयो
८८ बर्षसम्म सबैलाई हँसाएका चार्लीको शव चोरी भएको थियो ।
चार्लीको मृत्युपछि उनको शव चोरी गरेर परिवारसँग फिरौटी रकम मागेको थियो  र  एघार हप्तापछि परिवारले चार्लीको शव फिर्ता पाएको थियो ।

सम्मान–पुरस्कार
टाइम म्यागेजिनमा कभर पेजमा पहिलोपटक एक कलाकारका रुपमा चार्लीको फोटो छापिएको थियो । सन १९२९मा ‘द सर्कस’ फिल्मको लागि चार्लीलाई ओकार अवार्ड दिएको थियो । सन १९७२ मा उनलाई ओस्कारबाट लाइफ टाइम अवार्ड दिएको थियो । ८८ फिल्ममा चार्लीले अभिनय गरेका थिए । एजेन्सी

You Might Also Like