दशैंका लागि २२ भदौदेखि टिकट बुकिङ खुल्ने

काठमाडौं । सरकारले दशैंका लागि राजधानी बाहिर जाने जनताकाका लागि भदौ २२ गतेदेखि सवारीको अग्रिम बुकिङ खोल्ने निर्णय गरेको छ।

आज यातायात व्यवस्था विभागमा बसेको उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीचको छलफलमा २२ भदाैदेखि बुकिङ खोल्न व्यवसायी सहमत भएका हुन्।

मध्यम र लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ सेवा सञ्चालन गर्न लागिएको हो। सरकारले हरेक वर्ष सर्वसाधारणको सुविधाका लागि दशैंअघि राजधानी छाड्नेहरुलाई अग्रिम बुकिङको सुविधा दिइरहेको छ।

तर, छतमा सामान राख्न पाउनुपर्ने लगायतका माग राख्दै आएका व्यवसायीले भने सरकारले आफ्ना माग पूरा नगरेको भन्दै टिकट बुकिङ खुला गर्ने निर्णयमा सहमति जनाएका छैनन्।

सरकारले गत वर्षदेखि यात्रुवाहक सवारीले धेरै तौलका सामान बोक्दा त्यसले दूर्घटना बढाएको भन्दै छत नै हटाउने निर्णय गरेको थियो। तर, उक्त निर्णय व्यवसायीले पालना गरेका छैनन्। वैकल्पिक व्यवस्था नगरी सरकारले छत हटाएको भन्दै व्यवसायीले छत हटाउने निर्णयमा सहमति जनाउन मानेका छैनन्।

विभागले भने व्यवसायीले उठाएका मागको समाधानका लागि आवश्यक पहल गर्ने जनाएको छ। दशैंमा झण्डै २५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ। दशैंमा दैनिक औषत ७ हजार सवारी उपत्यकाबाट बाहिरिने व्यवसायी बताउँछन्।

You Might Also Like