कृष्ण स्वरुपको अर्थ, किन बोक्छन् मुरली र शंख ?

आज कृष्ण जन्माष्टमी। भगवान श्रीकृष्णको बारेमा अनेक किस्सा छन्। १६ सय गोपिनीसँग प्रेमिल सम्बन्ध गाँस्ने श्रीकृष्णको अति गरिब सुदमासँग घनिष्ठ मित्रता थियो। बिद्वताको कुरामा होस् वा रोमान्सको प्रसंगाम, श्रीकृष्ण एक कदम अघि छन्। उनको यो सप्तरंगी छवी अहिलेका पुस्ताका निम्तिी पनि आदर्श बनेको छ।

असत्यको अन्त्य गर्न कृष्णको उदय
अवतार दुई संस्कृत शब्दको संयोजन हो । ‘आवा’ जसको अर्थ हो आगमन र ‘तारा’ जसको अर्थ हो स्टार । कृष्णको जन्म कंसको अन्त्य एवं खराब प्रवृत्तिको समाप्तीका लागि भएको मानिन्छ । नाताले कंस कृष्णका साख्खै मामा थिए।

भान्जाको हातबाट आफ्नो मृत्यु हुन्छ भनेपछि कंशले बहिनी-ज्वाईलाई जेलमा थुनेका थिए । त्यही जेलमा कृष्णको जन्म भयो । र, उनका पिताले एकदमै सुरक्षात्मक र अनौठो ढंगले जेलबाट बाहिर निकाले। जबकी जेलमा सातवटा ढोका थियो भनिन्छ । र, हरेकमा सैनिक राखिएको थियो।जसै भगवान कृष्णको जन्म भयो, त्यही क्षण उनी समस्यामा परे । यद्यपी ति सबै समस्यासँग जुध्दै उनी हुर्कन्छन् । उनको जन्म तिथी, उनको स्वरुप, लिला सवै अर्थपूर्ण छ।

किन कालो ?
अक्सर कृष्णलाई गाढा निलो रंगको देखाइन्छ । कृष्णको अर्थ नै कालो वा श्याम भन्ने हुन्छ । यसको खास अर्थ चाहि साधकहरु आत्माचिन्तनमा प्रवेश गर्नका लागि उनीहरुले आफ्नो दृष्टि आफैभित्र फर्काउन आवश्यक हुन्छ । बाहिरी आँखा बन्द गर्नुपर्छ । बाहिरी आँखाले रंगिन संसार देखिन्छ, भित्री आँखाले सत्य । सत्यतर्फ र्फकदा सुरुवातमा अनुभूत हुने तत्व अन्धकार वा अध्याँरो हो भनी एक आलेखमा उल्लेख छ ।

आफैभित्रको दुर्गुण
त्यसमा भनिएको छ, ‘कृष्णको वर्ण कालो अर्थात निराकारमय छ ।’ जब साधक आफैभित्र प्रवेश गर्छन्, उनीहरुले आफुभित्रको अध्याँरो पक्ष पनि देख्न थाल्छन् । मभित्र राक्षस, नाग जस्तो विषालु चिज पनित छ। पशुवत प्रवृत्ति पनि छ । काम, क्रोध, लोभ, ईष्र्य, द्वेष, अहंकारहरु छन् । आफुभित्रका यहि प्रवृत्ति अनुभूत हुँदै गएपछि आफैभित्र प्रकट हुने ओकारमय परमसंगीत र आत्मतत्व पनि बोध गराइन्छ।

किन मुरली, किन शंख
उनको हातमा मुरली वा शंख बोकेको देखाइन्छ। युद्धको उद्घोष गर्ने बेला उनको हातमा शंख देखिन्छ। र, रसिक अवस्थामा चाहि मुरली।

आफैभित्रको निराकारबाट ध्यानिहरु गुञ्जन थाल्छ वा त्यसको अनुभूत हुन थाल्छ, बाहिर र भित्रको ध्वानी एकाकार हुँदै जान्छ । यस्तो अवस्थामा भक्ति, संगीत, नृत्य र मनोरञ्जनमय हुन्छ। वासना गौण हुन्छ। यसलाई मुरलीको धुन सुनिरहेका गोपिनीहरुको रासलिलाको रुपमा चित्रण गरियो।कृष्णले युद्धका समयमा शंख बोकेको देखाइन्छ । यो अवस्था भनेको साधक सांसरिक सुखभोगबाट माथि उठिसकेको अवस्था हो।

कृष्ण स्वरुपको अर्थ
के भनिएको छ भने, कृष्ण एक व्यक्ति नभएर समस्त सृष्टिको परमशक्तिको प्रतिक हो। उनको रुप र विभिन्न क्रियाकलापबाट एउटा मानिस मावन, साधक हुँदै भगवान हुनपुग्छ भन्ने दर्शाइएको हो । अतः कृष्ण जन्माष्टमी त्यही साधनाको चरणमा प्रवेश गर्ने एउटा अवसर हो भनिन्छ। यद्यपी अहिले यो कर्मकाण्डी रुपमा मनाउन थालिएको छ।

अध्याँरो र अध्यात्म
कृष्ण पक्षलाई ज्योतिषीय हिसाबले अध्याँरो र शुक्त पक्षलाई उज्यालो पक्षको रुपमा लिइन्छ। औंसी पक्ष अन्धरकारमय एवं कालो हुन्छ । त्यसैगरी शुक्लपक्ष ज्योतिमय हुन्छ। कृष्ण पक्ष अध्यात्म साधनाका दृष्टिले सुरुवात गर्ने समय हो भनी उल्लेख छ । अष्टमी यो पक्षको ठीक मध्यमा पर्छ। कृष्ण अष्टमीको अघिल्लो दिन उपवास बसिन्छ। यसरी उपवास बसेर निराकारको साधनामा प्रवेश गर्नेहरुका लागि अन्धकार रात्री महत्वपूर्ण हुन्छ।

नामको अर्थ
भगवान कृष्णको अन्य ६ जना दाजु जन्मिएका थिए, जसलाई कंसले मारिदिए । भनिन्छ, एक पटक देवकीले आफ्ना सवै मृत्त पुत्रलाई फिर्ता गर्नका लागि कसंलाई भनेका थिए, ताकी उनले आफ्नो छोराहरु देख्न पाउन्।

छोराहरुको नाम स्मर, उदगी, पेरिसवंगा, पटंगा, कुसुब्रट र घर्नी थियो । यसलाई विभिन्न मानव इन्दि्रयको रुपमा जानिन्छ। स्मरको अर्थ स्मृति, उदगीको अर्थ बोली, पेरिसविगको अर्थ सुन्नु आदि । उनीहरुको मृत्युपछि कृष्णको जन्म भयो।

Entertainment
  • No categories

You Might Also Like