नेपाल फर्किन दुई दिनमात्रै बाँकी रहँदा कोरियामा नेपालीले आत्महत्या गरे

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका एक युवाले आत्महत्या गरेका छन्। भिसा अवधि सकिएर नेपाल फर्कन दुई दिन मात्रै बाँकी रहँदा डोटीस्थित बडिकेदार गाउँपालिका २ का नर बहादुर भाट क्षेत्रीले हुन्।

चार वर्ष १० महिना अघि कृषि कामका लागि दक्षिण कोरिया पुगेका क्षेत्री पर्यटकीय क्षेत्र जेजु आईल्याण्डमा कार्यरत थिए।

उनको शब घरको छतको बिममा झुण्डिएको अवस्थामा भेटिएको थियो भने अहिले शब ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको सोलस्थित नेपाली दूतबासले जनाएको छ।

३२ वर्षिय क्षेत्रीका परिवारलाई घटनाबारे जानकारी गराईएको पनि दुतावासले जनाएको छ।

You Might Also Like