नेपाल चीन एजेण्डा : केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेल सेवा सञ्चालन

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले क्षेत्रीय र अन्तराष्ट्रिय मञ्चमा नेपाल र चीनको साझा अवधारणा बनाउने प्रस्ताव चीन समक्ष राखेका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले आफूहरुबीच त्यस्तो विषयमा पनि छलफल भएको बताएका हुन्।

ऊर्जामा सहकार्य बढाउन संवाद संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने र त्यसले ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुल्ने मन्त्री महराले बताए। अरनिको राजमार्ग छिटै खुला गर्ने र यथास्थितिमा रहेका सीमालाई स्तरोन्नती गर्ने र नयाँ सीमा खोल्ने बिषयमा पनि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गरिएको मन्त्री महराले बताएका छन्।

नेपाल र चीनबीचको अन्तरदेशीय सीमा पार गराई केरुङ-काठमाडौ-पोखरा-लुम्बिनी रेल सेवा सञ्चालन गर्ने संम्भाव्यता अध्ययन गर्ने बिषयमा चिनिया परराष्ट्रमन्त्री यीसँग छलफल भएको महराले बताए।

You Might Also Like