हनीप्रीत नेपालमै भएको प्रमाण भेटियो, हरियाणा प्रहरीले माग्यो नेपाल प्रहरीसँग सहयोग

काठमाडौं। बलात्कारी बाबा राम रहीमकी छोरी हनीप्रीत नेपालमै भएको प्रमाण भेटिएको हरियाणा प्रहरीले जनाएको छ।

हरियाणा प्रहरीले हनीप्रीत नेपालमै भएको भन्दै भारतीइ जासुसी एजेन्सी ‘र’ र नेपाल प्रहरीसँग सहयोग मागेको भारतीय समाचार एजेन्सी ‘एण्डिया न्यूज’जे जनाएको छ। नेपाल प्रहरीले भने हरियाणा प्रहरीले सहयोग मागेको बारे कुनै जानकारी दिएको छैन।

हनीप्रीत नेपालमा भएकोबारे के प्रमाण भेटियो भन्ने पनि खुलाइएको छैन। तर, हनीप्रीतसँग नेपालमा आदित्य इंसां र अर्का एक जना व्यक्ति पनि साथमै रहेको हरियाणा प्रहरीले दावी गरेको छ । यसअघि भारतीय सुरक्षा बलले हनीप्रीत नेपाल भाग्न सक्ने भन्दै सीमामा सुरक्षा बढाएको थियो । यही बीचमा हनीप्रीत नेपालमै भएको प्रमाण भेटिएको बताइएको हो ।

You Might Also Like