यस्ता छन् मेवा खानुका आश्चर्यजनक फाइदा

मेवा एक स्वादिलो तथा स्वास्थ्यवर्धक फल हो भन्ने कुरामा दुइमत छैन । विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ।

आयुर्वेदमा मेवालाई विभिन्न असाध्य रोगलाई दूर गर्ने उच्चतम फलको रुपमा लिइएको छ । मेवाको सेवनले पाचन सम्बन्धि जटिलता अन्त्य गर्ने, कमलपित्त, हर्निया जस्ता रोगको जोखिम घटाउनुका साथै प्रजनन क्षमतामा वृद्धि गर्ने बताइन्छ। साथै मेवा मुटुरोगीका लागि समेत उपयोगी हुनुका साथै कोलेस्ट्रोलका विरामीका लागि समेत लाभकारी हुन्छ।

मेवामा भिटामिन ए तथा पपाइन तत्व पाइन्छ । यसले अन्य फाइदका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ।मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमका कारण यो फलको नियमित सेवनले कपाल पनि स्वस्थ बन्दछ।

मेवाको बिउमा समेत कलेजोलाई स्वस्थ राख्ने गुण हुन्छ। मेयाको फलभित्रको गेडालाई पिँधेर महमा मिलाएर खानाले कलेजो स्वस्थ राख्न मद्धत पुग्ने बताइन्छ। मेवामा प्रसस्त पोटासियम पाइन्छ। त्यसकारण यसको सेवनले रक्तचाप सन्तुलित पार्नुका साथै हाइपरटेन्सनको समस्या भएका विरामीका लागि फाइदा गर्छ। मेवामा कार्पेन वा कार्पेइन्ज नामक क्षारिय तत्व पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ। उच्च रक्तचापका रोगीले दैनिक एउटा काँचो मेवा खानु लाभदायक मानिन्छ।

कब्जियतले सताउने मानिसलाई पनि मेवा फाइदाजनक हुन्छ। यसमा प्रसस्त फाइबर हुने भएकाले अपच तथा कब्जियतको समस्या कम गर्छ भने पाचन प्रक्रियालाई नियमित गर्न सहयोग गर्दछ।महिनावारी अनियमित हुने तथा महिनावारीका बेला धेरै पीडा हुने महिलाका लागि समेत मेवाको नियमित सेवन फाइदाजनक हुन्छ।

तर असन्तुलित रुपमा मेवाको बढि सेवन गर्नुभने हानिकारक हुन्छ। यसले क्यारोटेनेमिया भन्ने रोग लाग्नसक्छ । जसका कारण हात खुट्टाको छाला बढि पहेँलो बन्दछ। एजेन्सीको सहयोगमा

मासिक राशिफल

You Might Also Like