उत्तर कोरियाका नेता किम जोङ उनको हत्या षड्यन्त्रले हल्लियो संसार ?

बीबीसी। उत्तर कोरियाले तीन सेक्टेम्बरमा गरेको परमाणु परीक्षणपछि सार्वजनिक भएको रिर्पोट अनुसार दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्न विशेष टोली स्थापना गर्न हरियो झण्डा देखिएको छ।

यदि यस्तो भने त्यसको स्पष्ट संकेत के हो भने दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनको सुरक्षा नीतिमा आएको एक ठूलो मोड हो। उत्तर कोरियाले तीन सेक्टेम्बरमा सफल परमाणु परीक्षण गरेको दाबी गरेको थियो, जुन उत्तर कोरियाको छैटौं परमाणु परीक्षण थियो।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन यही वर्ष जुलाईमा जर्मनीको राजधानी बर्लिनमा कोरियाली प्रायद्वीपको स्थायी शान्ति स्थापना गर्न, उत्तर कोरियाको विनास रोक्न र उत्तर विरुद्ध लगाइएको आर्थिक र रक्षा क्षेत्रको प्रतिबन्धलाई केही खुकुलो बनाउनुपर्ने बताएकी थिइन्। तर रिपोर्टहरुका अनुसार उनको यो नरम नीतिले आक्रमकता लिँदै गरेको देखिन्छ।

नीतिमा किन परिर्तन ?
उत्तर कोरियासँग वार्ता गर्ने प्रगतिशील नेता मुन जे इनको नीतिमा अचानक परिवर्तन किन आयो? उत्तर कोरियालाई रोक्न सैन्य उपाय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्ताउलो प्रतिक्रियाबाट दक्षिण कोरियाका नेताहरु डराएका छन्। किनभने ती मध्ये कोही पनि तरिका प्योङयाङलाई आफ्नो सेनालाई आधुनिकीकरण रोक्न सफल भएको छैन। अझ भनौं उत्तर कोरियाले आगामी दिनमा अरु धेरै परमाणु परीक्षण गर्नेछ।

यस्तो रिर्पोट पनि छ, उत्तर कोरियाको परमाणु परीक्षण ‘फ्यासिलिटी पुनग्ये–री’ मा हलचल जारी छ। यो सातौं परीक्षणको संकेत पनि हुन सक्छ।

यदि उत्तर कोरिया स्पष्ट रुपबाट शक्तिशाली र साना परमाणु हतियार लैजान सक्ने क्षमता भएको लामो दूरीको मिसाइल अमेरिकी सहरसम्म मार हान्न सक्ने क्षमता विकास गरेको छ। यस्तो अवस्थामा नचाहँदा नचाहँदै पनि अमेरिकी योजनाकारलाई कोरियाली प्रायद्वीपमाथि सैन्य कारवाहीलाई मान्नुपर्नेछ।

रिपब्लिकन सांसद लिंडसे ग्राहमले धेरै पटक भनेका छन्, ‘अमेरिकी सहरहरुलाई उत्तर कोरियाको निसाना बनाउन दिन नहुन खतरा उठाउनुपर्छ। जसका कारण दक्षिण कोरियाका नागरिक र सैनिकको ज्यान जोखिममा नपरोस्।’

कुनै न कुनै रुपमा लिंडसे ग्राहकको यो सोचको गहिलो असर डोनाल्ड ट्रम्पमा पनि देखिएको छ। उत्तर कोरियाका नेता किम जोङ उनको ज्यानको खतरा देखाएर सोल आफू माथि देखिएको जोखिम कम गर्न चाहन्छ। तर, के हत्याको यो धम्कीमा कुनै दम छ ? के यो धम्कीबाट उत्तर कोरिया डराउँछ ?

उन्मादी नेतृत्व
यसअघि उत्तर कोरियाका नेताहरुले यो विषयलाई कहिल्यै पनि गम्भीरतापूर्वक लिएका थिएनन्। उदाहारणका रुपमा मार्च १९९३ मा जब उत्तर कोरिया र अमेरिकाबीचको तनाव चरम उत्कर्षमा पुगेको थियो, किम जोङ उनका बुवा किम जोङ इलले करिव एक महिना एक सुरक्षित बंकरमा बसेका थिए। त्यो बेला उत्तर कोरिया परमाणु अप्रसार सन्धिबाट पछि हट्दै युद्ध जस्तो अवस्था बनाएको थियो।

अमेरिका भड्किने डरले किम जोङ इललाई लुक्नु पथ्र्यो। त्यसको बावजूद पनि उत्तर कोरियाको रवैयामा कुनै परिवर्तन आएन। उसको आक्रमकताका साथ कयौं अन्तर्राष्ट्रिय नियम र सम्झौता उल्लघंन गर्दै आएको छ।

उत्तर कोरियाको इतिहास हेर्ने हो भने विदेशीको दवाबलाई मध्यनजर राख्दै नेताहरुले कयौं रचनात्मक तरिक अपनाएका छन्। जतिबेला विदेशबाट आक्रमण गर्ने खबर सार्वजनिक हुन्छ, देशको उन्मादी नेताहरुको हौसला बढ्छ।

पहिला मात्र होइन, आजपनि उत्तर कोरियाका नेता कुनै पनि आक्रमणबाट बच्नकालागि डमी गाडीको प्रयोग गर्छन। यी नेता सार्वजनिक स्थलमा ठूलो सुरक्षा घेरामा जान्छन्।

Entertainment
  • No categories

You Might Also Like