तिहार मनाउन घर फर्किने टिकट काटिसकेका नेपाली युवाको ४० तलाबाट खसेर मृत्यु

काठमाडौँ । युएईको आबुधावीमा एक नेपालीको ज्यान गएको छ । काम गर्ने क्रममा ४० औं तलाबाट खस्दा लमजुङको बेंसीशहर नगरपालिका–१० बाँझखेत सिरुवारीका २९ वर्षीय टुकप्रसाद गुरुङको ज्यान गएको हो ।

गएको आइतबार आबुधाबीको कर्नेस रोडमा रहेको इत्तेहाद टावरको भित्तामा रोप एक्सिस (डोरीमा झुण्डिएर सिसा सफा तथा पेन्टिङ) काम गर्ने क्रममा रोप लिफ्टबाट खसेर ज्यान उहाँको गएको हो।
टुकप्रसाद गएको ११ महिनादेखि दुवईमा रहेको मेगामी कम्पनी मार्फत सप्लाई कामदारको रुपमा आबुधाबीमा काम गरिरहनु भएको थियो।

गएको वर्ष फूलपातीका दिन युएई आएका टुकप्रसादले आउँदो असोज २५ गते तिहार मनाउन घर आउन टिकट लिनु भएको थियो। उहाँले ५ महिना अघि जन्मिएको छोराको मुख हेर्न भन्दै केही सामान पनि किनेर राखेको सँगै काम गर्ने नेपालीहरुले बताएका छन्।

You Might Also Like