दिपक लिम्बुको प्रेममा रहेकी गायिका मिलन अमात्यले गरिन् पतिसँग डिभोर्स

जहिलेसम्म संसारमा रहन्छन् घाम जुन तारा..तिम्रै प्रियसी म सदा…

यो मीठो गीत गाएर चर्चामा आएकी गायिका मिलन अमात्य आफ्नै जीवनमा भने सदाका लागि पति मेन्सन अमात्यकी प्रियसी बन्न सकिनन्।

करीव ६ वर्षको वैवाहिक जीवनलाई अन्त गर्दै मिलन र मेन्सनले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गरेका छन्।

केही दिनअघिमात्र नेपाल आइडलमा अतिथी कलाकारका रुपमा उपस्थित भएकी मिलन अमात्यले सहकर्मी गायक दिपक लिम्बुको पि्रयसी बन्नका लागि मेन्सनसँगको सम्बन्धलाई बिराम दिएकी हुन्। मिलन र दिपक केही समययता प्रेम सम्बन्धमा छन्।

मिलनले आफ्नो व्यवसायिक जीवनमा मेन्सनले साथ नदिएको गुनासो गर्दै आएकी थिइन्। उनी नयाँ पुस्ताकी चर्चित गायिका हुन्।

अन्तमा उनैले गाएको गीतको यो अंश पनि उनको अबको जीवनमा लागु हुनेछ, जसका लागि उनले मेन्सनलाई त्यागिन्।

माया गर्नुनै भूल हो कि मायालु..तर तिमी बिना यो मन मान्दैन… ।

You Might Also Like