वाईफाईको साटो लाईफाई आउने, चल्नेछ यति तिब्र

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले तीव्र गतिको तारविहीन सञ्चार अबको ६ वर्षभित्रमा सार्वजनिक गर्ने भएका छन्।

अहिलेको तारविहीन वाईफाईको साटो लाइट फाइडेलिटी अर्थात् लाईफाई प्रविधि चीनले विकसित गर्दैछ । यसअन्तर्गत एलईडी बल्बहरूबाट आएको प्रकाशलाई डाटा ट्रान्स्फर गर्नका लागि अहिलेको रेडियो तरंगमा आधारित वाईफाईभन्दा निकै नै कम समय लाग्छ।

चिनियाँहरूले फुल कलर एमिसिभ कार्बन डटहरू बनाएपछि तीव्र गतिको तारविहीन सञ्चार विकास गर्न सफल भएका हुन्। अहिलेका अनुसन्धानहरूले डाटा ट्रान्समिट गर्नका लागि लाईफाईलाई प्रकाश दिने दुर्लभ सामग्रीहरू प्रयोग गरिरहेका भएपनि चिनियाँ वैज्ञानिकहरूले चाहिँ कार्बन डाटामार्फत लाईफाई बनाउने भएका छन् जुन बढी सुरक्षित र तीव्र छ।

सन् २०१५ मा चिनियाँ सरकारले गरेको एक परीक्षणले लाईफाई एक सेकेन्डमा ५० जीबीको गतिमा पुग्न सक्ने देखाएको थियो । यसो हो भने एउटा फिल्म डाउनलोड गर्न जम्मा शून्य दशमलब तीन सेकेन्ड लाग्नेछ। सिन्ह्वाबाट

You Might Also Like