सुन्दर महिलाको डरलाग्दो कर्तुत, पछ्याउँदै जाँदा प्रहरी चकित !

एजेन्सी । एक सुन्दरी महिलाले प्रेमीसँग मिलेर पतिसहित चार बच्चाको हत्या गरेको खुलासा भएको छ। आफ्ना पति र बच्चाबाट छुटकारा पाउनका लागि ती महिलाले ५ जनाको एकै पटक हत्या गरेको प्रहरीले खुसाला गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो घटना भारतको राजस्थानस्थित शिवाजी पार्कको हो।

केही दिनअघि बनवारीलाल शर्मा र उनका चार बच्चाको हत्या उनकी पत्नी सन्तोषले प्रेमी हनुमान चौधरीसँग मिलेर गरेको प्रहरीको भनाइ छ। यी दुईले हत्याका लागि सुपारी दिएका थिए।

यसरी भएको थियो घटना
दुबै जनाको प्रेम सम्बन्धका बारेमा पतिले सुइको पाएपछि उनले विरोध गर्न सुरु गरेका थिए। पतिको पिछा छुटाउनका लागि हत्याको योजना बनाएर दुबैले किलरलाई सुपारी दिए। घटनाको दिन पति र बच्चालाई नसालु पदार्थ दिइन्। पाँचै जना गहिरो निद्रामा परेपछि दुई हत्यारा मध्यराति घरमा छिरेर पाँचै जनाको हत्या गरे।

मृतकको दाह संस्कारलगत्तै पत्नी आफ्नो बहिनीका घर पुगिन र फोनमा कसैसँग कुरा गर्न लागिन। प्रहरीलाई तब हत्याको आशंका पैदा भयो । त्यसपछि उनीमाथि प्रहरीले नजर राख्न थाल्यो।

दुबैलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गर्न सुरु गरेपछि उनीहरुले अपराध स्वीकार गरेका थिए।

You Might Also Like