विश्वकप फुटबलमा अहिलेसम्म छानिए यी १५ टोली

काठमाडौं । अफ्रिकी समूहबाट इजिप्ट अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएको छ।

आइतबार राति भएको खेलमा कंगोलाई २-१ ले हराउँदै इजिप्ट सन् १९९० पछि पहिलोपटक विश्वकप फुटबलमा छानिएको हो ।

खेलमा इजिप्टलाई विजयी गराउन दुवै गोल लिभरपुलका खेलाडी मोहम्मद सालहले गरे ।

आइतबार रातिका खेलहरुपछि अर्को वर्ष रुसमा हुने विश्वकपका लागि अहिलेसम्म १५ टोली छनोट भएका छन् ।

यसरी छनोट भइसकेका टोलीहरमा युरोपबाट आयोजक रुससहित जर्मनी, इंग्ल्यान्ड, स्पेन, बेल्जियम र पोल्यान्ड, अफ्रिकाबाट नाइजेरिया र इजिप्ट, दक्षिण अमेरिकाबाट ब्राजिल, एसियाबाट इरान, जापान, दक्षिण कोरिया र साउदी अरब, उत्तर तथा मध्य अमेरिकी समह कोन्काकाफबाट मेक्सिको र कोस्टारिका रहेका छन्।

You Might Also Like