के हुनेछ सन्जय दत्तको वायोपिक फिल्मको नाम?

मुम्बई । रणवीर कपूरको अबको फिल्म सन्जय दत्तको वायोपिकमा आधारित फिल्म आउँदैछ भनेर त सबैलाई थाहै छ। रणवीरले यो फिल्मका लागि धेरै मेहनत पनि गरेका छन् । फिल्म शुरुदेखि नै चर्चामा पनि छ । फिल्मको नाम अहिलेसम्मलाई ‘दत्त’ राखिएको छ । तर अब भने फिल्मको वास्तविक नामको खुलासा भएको छ।

रणवीर कपूरले केही दिन पहिले एक भारतीय च्यानललाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘सञ्जय सर हरेक सबैलाई एकदमै माया गर्नुहुन्छ, मलाई लाग्छ म जन्मेको नै सञ्जय दत्तको भूमिका निभाउनलाई हो।’

फिल्ममा सञ्जय दत्तको बाल्यकालदेखि लिएर जेलबाट निस्किने बेलासम्मको कहानी छ। राजकुमार हिरानीले पहिले पनि सञ्जय दत्त फिल्ममा सकारात्मक रुपमा नदेखिएको बताएका छन्। उनी जे थिए, त्यस्तै देखिएका छन् । अब फिल्मको नाम ‘सञ्जू’ हुने भएको छ। पहिले दत्त राखिएको फिल्मको नामलाई अब भने सञ्जू समाचार बाहिर आएको छ।

You Might Also Like