तस्बिरमा कैद भएको थियो एक भयानक वास्तविकता, तपाईले देख्नुहुन्छ

जब कोही घुम्न जान्छन् तब उक्त क्षणलाई क्यामरामा कैद गर्न पछि पर्दैनन् । यस्तै एक परिवार अमेरिकाको कोलोराडो शहर घुम्न गएका थिए तर उक्त तस्बिर राम्रोसँग हेरेपछि उनीहरुको होस उड्यो ।

तस्बिर खिच्ने व्यक्ति जोन जे र उनकी श्रीमतीका अनुसार पार्टीमा ११ जनाको मात्र उपस्थिती थियो । त्यहाँ कुनै पनि बच्चा थिएनन् ।

यो पूरा घटना कोलोराडोको स्ट्यान्ले होटलको हो जहाँ पछिल्लो महिना केही व्यक्तिहरु घुम्न गएका थिए । यो तस्बिरलाई ध्यानपूर्वक हेर्नुभयो भने तपाईंले सिँढिमा महिलाको नजिकै एक बालिका देख्नुहुन्छ भने सिँढिको अर्कोतर्फ पनि एक महिला देख्नुहुन्छ ।

यद्यपी, फोटो खिच्ने व्यक्ति जोन जे माउस्लिङ र उनकी श्रीमती जेसिका मार्टिनेज–माउस्लिङले त्यसदिन पार्टीमा कुनै पनि बच्चाको उपस्थिती नभएको दाबी गरेका छन् ।

‘सुरुमा हामीले केही बेर सोच्यौं । कुनै बच्चालाई हामीले बिर्सियौं कि भनेर घोत्लियौं । हामीसँगै गएका केही सदस्यलाई पनि बालिकाहरु देखेका थियौ भनेर सोध्यौं,’ उनीहरुले हफिङ्टनपोष्टलाई लेखेको एक इमेलमा बताए ।

‘कसैले पनि देखेका थिएनन् । फोटो खिच्दा ती बालिकाहरु सिँढिमा देखेको कुुरा हामीलाई याद नै छैन।’

उक्त तस्बिरको वास्तविकतालाई पूर्व एफबीआई एजेन्ट बेन हान्सेनले परिक्षण गरेका थिए। ‘मलाई उक्त फोटो निकै मनपर्यो,’ हान्सेनले भने।

‘यो नक्कली होइन भन्ने मलाई लाग्छ । असाधारण शक्तिको प्रमाणको रुपमा मैले देखेका तस्बिरमध्ये यो शीर्ष स्थानमा रहेको छ । ’

You Might Also Like