सामसङको अर्को मोडलको फोनको पनि ब्याट्री पड्कियो, आइफोन ८ मा पनि यस्तो समस्या

एजेन्सी। सामसङले ब्याट्री पड्किएपछि ग्यालेक्सी नोट ७ बन्द गरेको केही समयपछि नै अर्को मोडलको फोनको पनि ब्याट्री पड्किएको छ।

सामसङले ब्याट्री पड्किएपछि फोन बनाउँदा प्राविधिक गडबडी भएको भन्दै ग्यालेक्सी नोट सेभेन बन्द गरेको थियो। अहिले पड्किएको फोन सामसङ ग्यालेक्सी डुअस हो । यो २०१३ मा लञ्च भएको थियो।

यो घटना इन्डोनेशियामा भएको बताइएको छ। ३० सेप्टेम्बरका दिन यसरी फोन पड्किएको भिडियो सार्वजनिक भएको छ। मिडिया रिपोर्ट आएपछि सामसङले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।

विज्ञप्तिमा कम्पनीले भनेको छ ‘प्रयोगकर्ताले थर्ड पार्टी (अर्कै कम्पनीको) चार्जर प्रयोग गरेका कारण फोन पड्किएको हो । कम्पनीहरुले आफ्नै कम्पनीका सामान प्रयोग गर्न भनिरहेका बेला यसरी अन्य कम्पनीको सामान प्रयोग गरिएमा कम्पनीले आफू जिम्मेवारीबाट जोगिन यस्तै जवाफ दिने गरेका छन्।

अर्कोतर्फ एप्पलको आइफोनमा पनि समस्या देखिएको बताइएको छ। आइफोन ८ प्लसमा ब्याट्री फुलिने र यसका कारण मोवाइलका पार्टहरु खुल्ने समस्या देखिएको समाचार आएका छन्। यस्तो समस्या जापान, ताइवान र चीनमा देखिएको बताइएको छ। एप्पलले यस विषयमा आफूले जाँच गरिरहेको जनाएको छ । ब्याट्रीका कारण फोन फुटेको समस्या भने कम्पनीले स्वीकारेको छ।

You Might Also Like