बाल्यकालमै जवान भएकी बालिकाः यसकारण २ वर्षमै स्तन बढे, ४ वर्षमै महिनावारी

एजेन्सी। अस्ट्रेलियाकी एमिली डोवर नामकी यी बालिकाको उमेर मात्रै ५ वर्ष भयो । तर उनको शरीरका सबै अंगहरु जवान महिलाको जस्तै विकसित भइसकेका छन् । उनी दुई वर्षकी हुँदा नै उनका स्तनहरु बढ्न थालेका थिए । चार वर्षको उमेर हुँदा उनको महिनावारी पनि सुरु भयो।

संसारमा कैयौं विचित्र रोगहरुबाट पीडित मानिसहरु भएजस्तै एमिली पनि अनौठो रोगबाट ग्रस्त छिन्। टैम डोवरकी छोरी एमिलीको बारेमा टैमले नै सामाजिक संजालमा शेयर गरेका हुन् । एमिलीको शरीरबाट वयस्कको जस्तै पसिनाको गन्ध आउँछ। टैमका अनुसार साधारण ालिकाजस्तै गरी एमिली कहिल्यै रहन पाइनन् । उनको शरीरको विकासक्रमका कारण उनी सधैं अरुभन्दा फरक रहन्छिन्। सबैभन्दा दुःखको कुरा एमिलीलाई थाहा छैन उनको शरीरमा यस्तो किन हुँदैछ।

अब भने एमिलीको शरीरमा ‘मेनोपज’ (महिनावारी चक्र बन्द हुने अवस्था)को लक्षण पनि देखिइसकेको छ। एमिली युवती भएर अब पौढ हुन थालिसकेको उनका शरीरका हर्मोनले संकेत गरिसकेका छन् । उनको शरीरमा प्रौढ महिलाको जस्तो लक्षण देखिन थालिसकेका छन् । एमिली जन्मिँदा सामान्य थिइन् तर त्यसपछि उनको शरीरको विकास निकै तीब्र रुपमा भयो । एमिली एडिसन नामको रोगबाट ग्रस्त भएको डाक्टरहरुले बताएका छन्।

You Might Also Like