आजको राशिफल – मिति २०७४ साल असोज २५ गते षष्ठी तिथि बुधबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र आँटेका काममा सोचेजस्तै सफलता मिल्नेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेत गर्दा सामान्य उपलब्धि प्राप्त हुनेछ। तर बलजफ्ती गर्ने बानीले पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि केही विवाद आउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
समयमा सजग नहुँदा महत्वाकांक्षी योजना बिग्रन सक्छ। व्यवहारमा केही चुनौतीहरू देखा पर्नेछन् भने अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। खानपान र भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा उत्पन्न होला। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुने काममा जग बसाउने अवसर प्राप्त हुने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नै बलजफ्तीले काम बिग्रन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्ला। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। प्रयत्न गर्दा यात्राको प्रक्रिया भने अघि बढ्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-मा पनि प्रशस्त फाइदा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तर अरूकै काममा समय खर्चनुपर्ला। कामको चापले जीवनशैली व्यस्त रहनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्चनुपर्ला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि आफ्ना काम अवरुद्ध बन्न सक्छन्। बलजफ्तीले काम सम्पादन नहुन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पहिलेको समस्या दोहोरिने र अर्थ अभावले सताउने समय छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा चिताएको काममा बाधा हुनेछ। चुनौतीहरूसँग सम्झौता गर्नुपरे पनि सहयोगीहरूले फाइदा दिलाउनेछन्। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। तर अधैर्य व्यवहारले आत्मसम्मानमा आघात पुर्याउन सक्छ, सजग रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिस्थितिवश काममा बाधा पुग्न सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अप्रिय समाचारले मन खिन्न रहनेछ। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। बुद्धिको उपयोग गर्दा भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। – नेपाली पात्रोबाट

Entertainment
  • No categories

You Might Also Like