अब दिनहुँ उड्नेछ राजधानीको आकाशमा यस्तो बेलुन

काठमाडाैं। आगामी फगुनको पहिलो सातादेखि कीर्तिपुरको आकाशमा एकाबिहानै नयाँ खालको बेलुन उड्नेछ ।

त्यो बेलुन कुनै कम्पनीको नयाँ उत्पादनको विज्ञापन नभई वायुमण्डलको हावापानी र बादको अवस्था जानकारी दिने रेडियो सोन्ड हुनेछ ।

हरेक बिहान ५ ४५ बजे उडाइने वेदर बेलुन जमिनबाट करिब २० किलोमिटर माथिसम्म पुग्नेछ ।

बेलुनले त्यहाँको तापक्रम, वायुको गति तथा दिशा, बादलको अवस्था सापेक्षिक आद्रतालगायतको अवस्थाबारे जमिन/सतहमा रहेको तथ्यांक संकलन गर्ने स्टेसन (डाटा सेन्टर) मा पठाउनेछ ।

ती तथ्यांकलाई प्राविधिकले कम्प्युटरमा डाउनलोड गर्नेछन् र पछि विश्लेषण गर्नेछन् ।

You Might Also Like