नोबेल पुरस्कार पाउने वैज्ञानिकहरुको खोज : शरीरमा हुने ‘बडी क्लक’

बिबिसी – चिकित्साशास्त्र तर्फ यस वर्षको नोबेल पुरस्कार अमेरिकाका तीन जना वैज्ञानिक जेफ्री हल, माइकल रोजबास माइकल यङले पाए । मानव शरीरमा हुने ‘बडी क्लक’ वा ‘सर्काडियन रिद्म’ (जसलाई जैविक घडी पनि भनिन्छ) ले काम गर्ने तरिकामाथि गरेको अनुसन्धानका लागि उनीहरूलाई नोबेल दिइएको थियो ।

हाम्रो शरीरमा भएको ‘जैविक घडी’का कारणले नै हामीलाई राति निद्रा लाग्छ वा भनौं सुत्छौं । जैविक घडीले हाम्रा शारीरिक क्रियाकलाप र व्यवहारमा पनि अत्यधिक परिवर्तन ल्याउँछ । पछिल्लो समय वैज्ञानिकहरूले यो जैविक घडी मानव शरीरमा मात्र नभएर सबै प्राणी, वनस्पति र फंगसमा समेत हुने पत्ता लगाएका छन् ।

नोबेल पुरस्कार समितिका अनुसार हल, रोजबास र यङले गरेको अनुसन्धानबाट निस्केका परिणामले हामीलाई स्वस्थ्य रहन धेरै प्रभावकारी छन् ।

जैविक घडीमा हुने परिवर्तनले सुरुमा स्मरणशक्ति घट्छ । तर यसको सबैभन्दा ठूलो प्रभाव अनेकौं रोगका रुपमा देखिन्छ, जसमा टाइप टु डाइबिटिज, क्यान्सर र मुटुसम्बन्धी रोग पर्छन् ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक प्रोफेसर रसल फोस्टरले भने, ‘हामीले जैविक घडीमा हेरफेर गर्ने प्रयास गरे हाम्रो पाचनप्रणालीमा ठूलो असर पर्छ ।’
यसबारे अनुसन्धान गरेका तीन अमेरिकी वैज्ञानिकले नोबेल पुरस्कार पाएकोमा आफू हर्षित भएको फोस्टरले बताए । उनले भने, ‘हाम्रो शारीरिक प्रणालीले कसरी काम गर्छ पहिलोपल्ट जानकारी दिएर उनीहरू नोबेल पुरस्कारको हकदार भए ।’

हल र रोजबासले मानव डिएनएको एउटा टुक्रा छुट्याएर जैविक घडीमा जोडे जसलाई ‘पिरियड जिन’ भनिन्छ ।

पिरियड जिनले पिइआर प्रोटिन बनाउने निर्देशन दिन्छ । पिइआर प्रोटिनको मात्रा बढेपछि यसले आफैं नै आफ्नो उत्पादन गर्ने निर्देशन दिन बन्द रोक्छ ।

हाम्रो शरीरमा यसरी पिइआर प्रोटिनको मात्रा २४ घन्टा अर्थात दिन र रातमा घटबढ भइरहन्छ । दिउँसो पिइआर प्रोटिनको मात्र घट्छ भने राति बढ्छ ।

यङले भने दुईवटा यस्ता जिन पत्ता लगाए, जसमध्ये एउटालाई टाइमलेस र अर्कोलाई डबल टाइम भनिन्छ । यी दुवै जिन्सले पिइआर प्रोटिनको मात्रा घटबढ हुनमा महत्वपूर्ण भूमिका खेल्छन् ।

पिइआर एकसमान भए जैविक घडीको गति सुस्त वा ढिलो हुन्छ । पिइआर घटबढ भए जैविक घडीले पनि तीव्र गतिमा सक्रिय हुन्छ ।
पिइआर एकसमान हुने मानिस बिहान छिटै उठ्न मन पराउँछन् भने केही राति धेरैबेरसम्म सुत्दैनन् ।

You Might Also Like