अमेरिकाको न्युयोर्कमा आतंकवादी आक्रमण, ८ को मृत्यु

न्युयोर्क। अमेरिकाको न्युयोर्कस्थित लोअर म्यनहटनको वल्र्ड ट्रेड सेन्टर नजिक एक ट्रक चालकले फुटपाथ र साइकल लेनमा ट्रक चढाउँदा आठ जनाको मृत्यु भएको छ। सो घटनामा ११ जना गम्भीर घाइते भएका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमले भने सो घटनालाई आतंकवादीको संज्ञा दिएका छन्। प्रहरीले एक आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सो घटनालाई कायरताको संज्ञा दिएका छन्।

प्रहरीका अनुसार ट्रक चालकले जानी बुझीकन साइकल लेनमा ट्रक चढाएका थिए। संचारमाध्यमहरुका अनुसार सेफुलो नाइपोव नामको आक्रमणकारीको उमेर २९ वर्षको छ र उनी २०१० देख अमेरिकामा बसोबास गर्दै आएका थिए। एक प्रत्यक्षदर्शीले सेतो ट्रक चलाउने चाकलले जानीबुझिकन धेरै मानिसलाई ठक्कर दिएको बताएका छन्।

न्युयोर्क प्रहरी प्रमुख ज्याम्स ओ निलका अनुसार सो ट्रकले पहिलो स्कुल बसलाई ठक्कर दिएका थिए र पछि उनले साइकल लेनमा चढाएका थिए। संचारमाध्यमका अनुसार आक्रमणपछि ट्रक चालकले अल्लाहू अकबर भनेका थिए। न्युयोर्कका मेयर बिल दे ब्लाजियोले सो आक्रमणलाई आतंकवादी आक्रमण भएको बताएका छन्।

You Might Also Like