वर्षौंदेखि बन्द ढोका खुल्दा चम्कियो भाग्य

एजेन्सी। हजुरबुवाको पुरानो घरको सफाइ गर्दा एक व्यक्तिको भाग्य चम्किएको छ । पुरानो घरको सफाइ गर्दै जाँदा भेटिएको रहस्यमय ढोका खोलेर हेर्दा ती व्यक्तिले निकै ठूलाने खजाना हात पारेका हुन् । सामाजिक संजाल रेडिटमा एभिलइङ्लिश नामको एकाउण्ट भएका ती प्रयोगकर्ताले आफूसँग भएको यो घटना रेडिटमा शेयर गरेका थिए।

एभिलका अनुसार उनलाई सानैदेखि उनका हजुरबुवाले कथाहरु सुनाउँथे । ती कथामा मानिसहरुले लुकाएर राखिएका खजाना भेट्टाउँथे । हजुरबुवाको मृत्युपछि उनी जब हजुरबुवाको घरमा पुगे त्यतिबेला पूरै घर धुलोले ढाकिएको थियो । यस्तोमा उनले घरको सफाइ गर्ने फैसला गरे।

ती व्यक्तिका हजुरबुवाको पुराना पुरातात्विक कुराहरु संकलन गर्ने सोख थियो । तर कसैलाई पनि थाहा थिएन उनका हजुरबुवाले ती चीजहरु कहाँ राख्थे । घरको सफाइ गर्दै जाँदा उनले एउटा रहस्यमय ढोका देखे । यो ढोका वर्षौंदेखि बन्द थियो । त्यो कोठाको भुइँमा एउटा चटाइ थियो । ती व्यक्तिले जब चटाइ हटाएर हेरे त्यहाँ एउटा सानो सेफ देखियो । सेफ खोलेर हेर्दा त्यहाँ पुरातात्विक महत्वका धेरै चीजहरु थिए । त्यहाँ निकै बहुमूल्य सिक्काहरुका साथै अन्य चीजहरु पनि भेटिए जसले उनको भाग्य चम्कियो ।

You Might Also Like