यस कारण भयो प्रकाशको निधन: अस्पताल

काठमाडौं । नर्भिक अस्पतालले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन आकस्मिक हृदयघातका कारण भएको जनाएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालले प्रकाश दाहालको आकस्मिक हृदयघातका कारण निधन भएको पुष्टि गरेको हो। आइतबार विहान ५ बजेर ५० मिनेटमा अस्पताल पु¥याइएका प्रकाशलाई अस्पतालले ६ बजेतिरै मृत घोषणा गरेको थियो।

अस्पताल पुग्नु अघि नै प्रकाशको निधन भएको अस्पतालका चिकित्सक जेपी जैसवालले जानकारी दिए। उनले अस्पतालमा पुग्दा प्रकाशको मुटुको गति बन्द भइसकेको बताए। अस्पतालले चुनावी प्रचार अभियानका क्रममा झापा पुगेका पूर्व प्रधानमन्त्री दाहाल अस्पताल पुगेपछि मात्रै पत्रकार सम्मेलन गरेर प्रकाशको निधनबारे औपचारिक जानकारी गराएको हो।

अस्पताल परिसरमा दाहाल परिवारजनको रुवावासी नै चलेको थियो । यसैबीच, अहिले दिवंगत प्रकाश दाहालको पार्थिक सरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ।

पूर्व प्रधानमन्त्री दाहाललाई पुत्र शोक परेकोमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विभिन्न राजनीतिक दलका नेताहरुले गहिरो दुःख व्यक्त गरेका छन्।

दिवंगत दाहालका दुई श्रीमती र २ वटा छोरा छन्। अहिले दिवंगत दाहालको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिन माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेन्छुक, आफन्तजनको ठूलो भीड लागेको छ। दिवंगत दाहालको आजै अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रले जनाएको छ।

Entertainment
  • No categories
Loading...

You Might Also Like