गोरखामा लाख-लाख रुपियाँको बाजी : बाबुराम जित्ने कि नारायणकाजी ?

गोरखा । गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ। तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न थालिएको छ।

पहिलो चरणको निर्वाचनमा यी दुई नेतामध्ये को जित्ने भन्ने परिणाम थाहा पाउन दोस्रो चरणको निर्वाचनसम्म कुर्नुपर्ने छ। प्रतिनिधि सभा र प्रदेश सभाको हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न पहिलो चरणको मत गणना पनि मंसिर २१ गते साँझपछि मात्र सुरु गरिनेछ।

गोरखा नगरपालिका ८ का थापा थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा एकलाख तिर्ने बाजी थापेका छन्। गोरखा नगरपालिका १३ का गुरुङ थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा थापालाई एकलाख तिर्न तयार भएका छन्। उनीहरुले एकेक लाख रुपियाँ दुवैले विश्वास गर्ने एक मध्यस्थलाई बुझाइसकेको जानकारी दिए।

 

Entertainment
  • No categories

You Might Also Like