टीकापुर हत्याकाण्डका आरोपी चौधरी २१ हजार मतान्तरले विजयी

काठमाडौं । टीकापुर हत्याकाण्डका आरोपी रेशमलाल चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फका उम्मेद्वार एमालेकी मदनकुमारी शाहलाई २१ हजार मतान्तरले पराजीत गर्दै राजपाका उम्मेदवार चौधरी विजयी भएका हुन्।

चौधरीले ३४ हजार ३ सय ४१ मत प्राप्त गरेका छन् भने शाहको पक्षमा १३ हजार ४ सय ६ मत छ।

२०७२ साल भदौ ७ गते भएको कैलालीको टिकापुर भिडन्तका मुख्य योजनाकार भन्दै प्रहरीले चौधरीलाई फरार अपराधीको सूचिमा राखेर खोजिरहेको छ।

मासिक राशिफल

You Might Also Like